शिवशक्तिमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पाेखरा | बैशाख २६, २०८०

शिवशक्तिमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पोखरा:   पोखराको शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 

१६० औं विश्व रेडक्रस दिवसको अवसरमा सोमबार पोखरा–११ फुलबारीस्थित शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । 

 

नेपाल रेडक्रस सोसाइटी जुनियर यूवा समिति संयोजक रमेशराज भण्डारीले उद्घाटन गर्दै शुरु भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।  युवा  रेडक्रस सोसाइटी सर्कलका अध्यक्ष मोनिका बम्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक बरालले गरेकी थिइन् । 

 

यसका साथै दिवसको अवसरमा ब्याच वितरण, विद्यालय हातासहित समुदाय वरीपरि सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ११ उपशाखाका कोषाध्यक्ष पुरुषोत्तम आचार्य प्राथमिक उपचार प्रशिक्षक गणेश भण्डारी, विद्यालयका सहायक प्रध्यानाध्यापक बालकृष्ण बास्तोला, शिक्षक प्रतिनिधि गोविन्द अधिकारी, आधारभुत तह इञ्चार्ज प्रकाश पौडेल सहित कक्षा ९ र १० का ६० बढी विद्यार्थीहरुको सहभागिता थियो । 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्